आज अन्तराष्ट्रिय बालअधिकार दिवस



सैघाली खबर
काठमाडौं,४ कार्तिक


प्रत्येक वर्ष नोभेम्बर २० का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज नेपाल सरकार तथा बालअधिकार क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८९ नोभेम्बर २० तारिखका दिन बालबालिका सम्बन्धी अन्तर्राष्ट्रय महासन्धी पारित गरेको थियो । सोही दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नेपालले यो महासन्धीलाई सन् १९९० सेप्टेम्बर १४ का दिन हस्ताक्षरगरी अनुमोदन गरेको थियो ।

अन्तर्रा्ष्ट्रिय बालअधिकार दिवस को अवसरमा केन्द्रीय बालकल्याण समितिले नेपालको समग्र बालबालिकाको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दैछ । “नेपालमा बालबालिकाको स्थिति, २०७४” वार्षिक प्रतिवेदन सार्वजनिकीकरण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्