राप्ती पुल पारी अर्घाखाँची औधोगिक कृषि तथा पर्यटन महोत्सव सुरू



ओमप्रकाश गुप्ता,भालुवाङ। अर्घाखाँची औधोगिक कृषि तथा पर्यटन महोत्सव २०७६ शुक्रबार देखि अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ८ लाहापे स्थित राप्ती पुल पारी बगरमा सुरू भएको छ । सितगंगा नगरपालिकाको समन्वयमा एकता युवा क्लव लाहापेको आयोजनाको आयोजनामा महोत्सव सुरू भएको हो । महोत्सवको उद्घाटन सितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले गरेका छन् । क्लवका अध्यक्ष लक्ष्मीबहादुर कुमालको अध्यक्षता एवम् नगर प्रमुख केसीको प्रमुख आतिथ्यतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले विश्व व्यापी फैलिएको कोरोना भाइरसबाट सजकता अपनाउँदै महोत्सव सफल बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा सितगंगा नगरपालिका ८ का वडा अध्यक्ष रूपबहादुर आले,नगर कार्य समितिका सदस्य अर्चना राना,नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दलजित सुनार,नेपाली कांग्रेसका श्रीराम गिरी,हेफर परियोजनाका परियोजना प्रमुख केशव भुसाल,सितगंगा उद्योग वाणिज्य संघका यागेश्वर गिरी र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लवका सदस्य मोहन थापा मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन दिपक भुसालले गरेका थिए ।

कला संस्कृतिको संरक्षण,पर्यटन स्थलको पहिचान,प्रवर्द्धन लगायतको उदेश्यका साथ फागुन २३ देखि चैत्र ३ गते सम्म महोत्सव सञ्चालन भएको छ । महोत्सवमा बाल उद्यम, चर्खे पिङ, झुलाका साथै स्थानिय तथा ख्याती प्राप्त केन्द्रीय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सबमा १ सय २० वटा स्टल रहेका छन् । यसै गरि महोत्सवमा सर्वसाधारणका लागि टिकटदर ७०, विद्यार्थीका लागि ४० र ६५ वर्ष माथिका जेष्ठ नागरिक,अपांग ,दृष्टिविहिनलाई भने शुल्क लाग्ने छैन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्