पुनःअबरुद्ध ४ लेन सडक निर्माण



 

गिरिराज नेपाली
दाङ, ४ मंसिर । घोराहीको कटुलाखोला पुल देखी शहिदगेट सम्म निर्माणाधिन ४ लेन सडक विस्तारले हप्तादिन सम्म निर्माण तिव्रता पाए पनि पछिल्लो एकहप्ता निर्माणका काम अवरुद्ध बनेको छ । केही समय सडक निर्माणले तिव्रता पाए संगै धुलोमुक्त हुने आशमा बसेका नगरबासी पुनः सडक निर्माणको काम रोकिदा पुनः उही समस्या दोहोरीनेमा चिन्तित छन ।
केहिदिनको निर्माण तिव्रता विचैमा सुस्ताउदा धुँलोको समस्यामा मुक्त हुने आशामा बसेको व्यापार र नगरवासीहरु फेरी निराशामा परेको घोराही मेनरोड स्थित पौडेल डेरीका सञ्चालक विष्णु पौडेलले बताउनुहुन्छ । उहाँलेभन्नुभयो– ‘सडक निर्माणले हरिविजोगकै पारेको छ । ’ निर्माणको तिव्रता संगै सडकको सकसवाट मुक्त हुने आशमा बसेका नगरवासीहरु पुनः उही समस्या सुल्झीएको बताउनुभयो । सडक निर्माणले तिव्रता नपाउदा स्थानियवासीहरु मात्रै होईन दैनिक ओहोरदोहोर गर्ने पैदयात्री, विरामी, पर्यटकहरु सकसको मारमा पर्नुपरेको उहाँले बताउनुभयो ।
सडकका कारण स्थानियहरु व्यापारीहरु अझै मारमा परेको छन । यो वर्षको यो महिना सम्ममा होला भन्यो त्यो पनि बन्दैन । पसलका सामान देखी व्यापारका छाती सम्ममा सडकको धुँलो वसीसकेको छ । तर सडक कालोपत्रेले अझै पुर्णता पाउन सकेको छैन ।

कान्छाराम शंकरमाली निर्माण कम्पनी ३ वर्ष अघ ठेक्का लिएको घोराहीको ४ लेन सडक अहिले पनि उस्तै हविगतमा छ । ०७१ भदौ ११ देखि निर्माण सुरु गरी ०७२ असोज ३० गते सम्पन्न भईसक्ने पर्ने ४ लेन सडक ३ पटक म्याद थपगर्दा समेत अझै उस्तै छ । ०७३ सालको पुरै वर्षदिन वाट ०७४ कार्तिक ३० गतेको अन्तिम म्याद थप गरेर निर्माण गरे पनि कार्तिक मसान्त सम्ममा म्याद सकिदा समेत अझै उस्तै हालतमा गुज्रिरहेको छ । कम्पनी ११ करोड, ६४ लाख, १२ हजार, ६ सय ५३ रुपैयाको लागतमा निर्माण हुन लागिएको उक्त सडक ५ करोड, ५५ लाख, ५८ हजार, ९ सय, ६८ रुपैया भुक्तानी भईसकेको छ ।

पटक– पटक म्याद थप गर्दै निर्माणका लागिथ ताकेता गर्दा सम्म पनि निर्माण कम्पनीले सडक निर्माण गरेजस्तो मात्रै गरेकाले सर्वसाधरणहरुले थुप्रै सकस खेप्नु परेको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा गौतमले बताउनुभयो ।

अहिले सम्म ७ सय मिटरको एकतर्फी रुपमा कालोपत्रे गर्ने गरी काम भईरहे पनि त्यो पनि निकै सुस्त गतिमा भईरहेको बताउनुभयो । गत कार्तिकमै कटुवा खोला देखी ट्राफिक चोक सम्ममा कालोपत्रे गरिसक्ने गरी निर्माण कम्पन्नी जानकारी दिए पनि अझै उक्तखण्डको काम नै गतिलिन नसकेको गौतमले बताउनुभयो । सडक विभाग, मन्त्रालय र कार्यालयले अन्तिम पटक थपेको म्याद पनि निर्माण कम्पनी आलटालमै विताईएकाले सडक भनेको समय र सोचेअनुरुपका काम हुन नसकेको उहाँले बताउनुभयो ।

‘पेनान्टीक’मै भए नि निर्माण पुरा गराउछौ ःडिभिजन
घोराहीको कटुवाखोला – शहिदगेट सम्मको १४ सय मिटरको ४ लेन सडक निर्माणको काम निर्माण कम्पनीले निर्धारित समयमा निर्माण सम्पन्न नसकेकाले सडक डिभिजनले कम्पनीलाई जरिवाना भरेरै भए पनि निर्माण सम्पन्न गराउने बताएको छ ।

कान्छाराम शंकरमाली निर्माण कम्पनी निर्माणको जिम्मा लिएको उक्त सडक सम्झौता भएको लामो समय वितिसक्दा समेत अझै सम्पन्न हुन नसक्दा कम्पनीलाई घाटा असुली स्वरुप जरिवाना भराएरै भए पनि निर्माणपुरा गर्ने सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा गौतमले बताउनुभयो ।

सार्वजानिक खरिद ऐनले व्यवस्था गरेअनुरुप सम्झौता रकमको प्रतिदिन ० .०५ प्रतिशत ‘पेलान्टीक ’ जरिवाना भरेरै भए पनि निर्माण गर्ने डिभिजनको तयारीरहेको उहाँले बताउनुभयो । निर्माण कम्पनी कृर्षि विकास वंैक र ट्राफिक चोकमा नाला निकासाका लागि ह्यामपाईप नराखी काम गरेको उहाँले बताउनुभयो ।

विकासका निर्माण कम्पनीले हेलच्यक्राई गरीरहेकाले डिभिजन आफै अन्यौलमा परेको उहाँले बताउनुभयो । तुलसीपुरमा निर्माणाधिन ४ लेन सडकको अवस्था पनि उस्तै रहेको उहाँले बताउनुभयो ।

बाटैभरी गिट्टी, वालुवा थुपारी छ । काम भने थुप्रिएकै छन । तर निर्माण कम्पनीहरु चालचुलै गरेका छैनन । ७ सय मिटर ४ लेन सडक पनि उस्तै छ । ०७१ असार ३२ गते निर्माण सुरु गरी ०७२ असोज ३० गते निर्माण सम्पन्न भई सक्नु उक्त सडक ४ पटक म्याद थप गरी निर्माण गरी सक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । ५ करोड, ४७ लाखको लागतमा निर्माण हुन लागिएको उक्त १ करोड ७६ लाख रुपैया भुक्तानी पाईसकेको छ । गौतमले भन्नुभयो– भुक्तानी लग्ने काम नगर्ने प्रवृत्ति निर्माण कम्पनीहरुमा देखिएको छ ।

१० दिनभित्र एकतर्फी सकिने

घोराहीमा निर्माणाधिन १४ सय मिटरको ४ लेन सडक एक तर्फीको काम अबको १० दिन भित्र सकिने निर्माण कम्पनीले जनाएको छ । कान्छाराम शंकरमाली निर्माण कम्पनी प्रतिनिधि पदम शर्माले १० दिनभित्रमा सडकको एकतर्फीको काम सकिने बताउनुभयो । सडक डिभिजनले खर्च निकासा नगर्दा र विद्युतपोल , खानेपानीका पाईप नहटा निर्माणको काम ढिलाई भएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ निर्माण कम्पनीले सडक निर्माणमा कतै ढिलाई गरेको छैन । त्यो आरोप मात्रै हो । २ दिन भित्रमा ८ सय मिटर कालोपत्रे गरिने र वाँकी काम १० दिन भित्रैमा सकिने उहाँको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्