६ गते दाङ बन्द



सैघाली खबर,

दाङ, ४ कात्तिक ।

मंसिर ६ गते दाङ बन्द हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको बिरोधमा बन्द गर्ने निर्णय गरेको हो । पार्टीका जिल्ला सेक्रेटरी सविनले आज बिज्ञप्ती जारी गरी दाङमा पार्टीका एक दर्जन बढी कार्यकर्तालाई बिनाकारण हिरासतमा राखेको भन्दै बन्दको आब्हान गरिएको हो ।

बन्दका दिन यातायात, कलकारखाना, उद्योग, ब्यापार, ब्यबसाय, शिक्षण संस्था बन्द हुने बिज्ञप्ती मार्फत जानकारी गराइएको छ । बन्द कार्यक्रमलाई सहयोग गरिदिन विज्ञप्तीमा उल्लेख गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्