निर्बाचनका लागी ३१ सय ५२ जना कर्मचारी परीचालित



 

सैघाली खबर,
दाङ, ४ मंसिर । – मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा चुनावका लागि दाङमा ३ हजार १ सय ५२ कर्मचारी खटाइने भएको छ । ३ सय ९४ मतदान केन्द्रमा एक–एक जना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत, चार जना कर्मचारी र दुई जना सहायक कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत बिजयराज कार्कीले जानकारी दिनुभयो ।

एउटा मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारीहरु खटाइने र मतदान केन्द्रका लागि आवश्यक स्वयंसेवक मतदान अधिकृतले सम्वन्धित केन्द्रमै पुगेर छान्ने कार्कीले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार भएको छलफल कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ७ सय ८८ जनालाई छनौट गरिएको सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले जानकारी दिनुभयो । छनौट भएका कर्मचारीलाई मंसिर १० गतेबाट तालिम दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्