कुपोषण जोखिममा दाङ र सल्यान



समिक्षा गाहा
दाङ ४ मसिंर । राप्तीका दुई जिल्ला दाङ र सल्यान कुपोषणको जोखिममा रहेका छन । सन्तुलित आहारको कमि, वालवालिकाको उचित स्याहार सुसारको अभाव र स्वास्थ्य शिक्षाको अभावका कारण दाङ र सल्यान कुपोषण बढ्दै गएको पोषण पुनःस्थापना गृह राप्ती उपक्षेत्रिय अस्पताल दाङले जनाएको छ ।

केन्द्रमा दाङ र सल्यानका पहाडी क्षेत्रका बालबालिकाहरु वढि आउने गरेका छन ।
२०७० सालमा स्थापना भएको पुनस्थापना गृहले हाल सम्म ४ सय दुई जना कुपोषित बालबालीकालाई उपचार गरेको पुनस्थापना गृहकी इन्चार्ज लक्ष्मी गैरेले बताउनु भयो ।

जसमा अधिकाश दाङ र सल्यानका रहेको गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘ यि मध्ये अधिकाश निम्न परिवारका वालवालिकाहरुको रहेको छन । ’ यि मध्ये मजदुरीका बालबालिकाहरु रहेको उहाँले बताउनुभयो । रुकुम, रोल्पा, प्युठान आउने गरे पनि अधिकाश बालबालिकाहरु दाङ र सल्यानकै वढि देखिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ दाङमा चौधरी समुदायका बालबालिकाहरुका वढि देखिने गरे छन । ’

६ महिना देखि १४ बष मुनिका बालबालिकाहरु कुपोषणको उच्च जोखिममा पर्ने गरेकाले बालबालिकाहरु उचित खानपान र स्याहार सुसारमा ध्यानदिनु पर्ने गैरेले बताउनुभयो । नेपाल सरकार स्वास्थ्य शिक्षाका संगै बालबालिकाहरुको स्वास्थ्यसुधारका लागि वर्षेनी कार्यक्रम जारी राखे पनि समुदायमा स्वाथ्य शिक्षाको चेतनाको अभावले समस्या मौलाउदै गईरहेको उहाँले बताउनुभयो । चेतना अभावका कारण समुदायमा कुपोषणको समस्या लुकाई राख्दा कुपोषण सामाजिक समस्या रुपमा देखा परेको गैरेले बताउनुभयो ।

महिनामा दश जना बालबालीकालाई भर्ना गर्नै नियम हो तर कहिले काहि बाइस,चोबिस जना पनि हुन्छन ,हामी सगं १० ओटा बेड छन, तर पनि कुनै कुनै बिरामी हरु १० ,१५ दिनमा जाने पनि हुनृ भएकाले ब्यबस्थापन भइरहेको उहाले भन्नु भयो। स्थापना काल देखि गत आथर््िाक बर्ष सम्म २ सय १७ जना बालबालीका जोखिम पुर्ण अबस्थामा ,१ सय ४९ जना मध्यम कुपोषित र ३६ जना सामान्य कुपोषित बालबालीका आएको बताउनु भयो ।
गत असार सम्म १ सय ९९ बालक र २ सय ३ बालिकाहरुको उपचार लिईरहेको केन्द्रकी ईन्चार्ज गैरेले जानकारी दिनुभयो । २ सय ७१ जना कुपोषित बालबालीका स्वस्वथ भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्