राज्यमन्त्री चौधरीद्वारा आपत्ती



अमिता चौधरी
दाङ ४ मसिंर 

श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली वहादुर चौधरीले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायका साथ सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएको आरोप लगाएका छन । महानिर्देशकको घटनालाई आफु माथिको मिडियावाजी प्रहार अन्यायपूर्ण रहेको बताउनुभएको छ ।

राज्यमन्त्रीका हैसियतले मातहतका विभागहरु संग सामान्य कुराकानी भएको विषयमा समाचारमा प्रकाशन गरिएको यो आफुमाथिको गम्भीर आरोप रहेको चौधरीले बताउनुभयो । सैघाली खबरको कुराकानीमा मन्त्रीले चौधरीले भन्नुभयो– ‘ म माथिको आरोप हो । प्रतिपक्षहरुको ‘‘डिजाईन’’ यस्तो बाहिर आएको हो । ’

दाङकै स्थानिय एक युवाको वैदेशिक रोजगार सम्वन्धीको मिलापत्र कामका लागि विभागका महानिर्देशक लाई आफुले फोन गरे पनि महानिर्देशक सम्मेलित घटना बारे आफुलाई कुनै कुरा थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ डिजीसाप लाई मैले मिलापत्रका लागि फोन गरेकै हुँ । तर मिलापत्र वाहेक अरु कुनै कुरा भएको छैन । ’ मन्त्री चौधरीले आफुमाथि षडयन्त्रकारी भुमिकामा यो प्रहार भएको हो । जानजानी फसाउन खोसिएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्