मुख्य समाचार

पत्रकार महासङ्घको अधिवेशनका लागि सरकारले ३० लाख अनुदान दिने ।।

By थाहा अनलाइन

June 03, 2017

जेष्ठ,२०

सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएका स्थानमा कर्मचारी पठाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, युवा स्वरोजगार कोषजस्ता गरिबसँग सम्बन्धित सबै कार्यक्रमलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको छ । बैठकले वन्यजन्तुको आक्रमणबाट मारिएका नागरिकका परिवारलाई क्षतिपूर्तिस्वरुप पहिले रु पाँच लाख दिने गरिएकामा अबदेखि रु १० लाख दिने निर्णय गरेको छ ।