दाङमा संयुक्त चुनावी सभा हुने



सैघाली खबर
दाङ, ४ मंसिर । यही मंसिर ६ गते वुधवार दाङमा वामगठवन्धनको संयुक्त चुनावी सभा हुने भएको छ । संयुक्त चुनाव प्रचार प्रसार समितिले बुधवार दाङको घोराहीमा संयुक्त चुनावी सभा हुने जनाएको छ ।

सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा, नेपाल सरकारका उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा, नेकपा एमाले स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्वर २ एक का प्रदेश सभाका उम्मेदवार शंकर पोख्रेल लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि दाङमा हुने संयुक्त सभालई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको भएपनि पुत्रशोकका कारण पुष्पकमल दाहाल‘प्रचण्ड ’दाङ आउने योजना रोकिएको छ ।

दाङ जिल्ला समन्वय समितिको पछाडितिर रहेको सहिद मञ्चमा मध्यान्न १२ बजे सभा शुरु हुने बाम गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । संयुक्त सभामा जिल्लाको सबै स्थानबाट दुबै पार्टीका नेता,कार्यकर्ता र जनताको सहभागिता रहने गठबन्धनले जनाएको छ ।

सभामा उपस्थीत भएका जनमासको ट्राफिकचोक, तुलसीपुर चोक र तीनकुने नयाँ बजारबाट छुट्टाछुट्टै जुलुश शुरु हुने बताईएको छ । यसैबीच जिल्ला निर्वाचन परिचालन समितिको तर्फबाट एमाले दाङका अध्यक्ष टीकाराम खड्का र माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले विज्ञप्ती जारी गरी ६ गते घोराहीमा हुने संयुक्त सभामा उपस्थितिका लागि सबैमा अपील गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्