नुवाकोटको ककनीबाट ३ सय लिटर घरेलु मदिरा बरामत




नुवाकोटको ककनी गाउँपालिकाबाट मंगलवार प्रहरीले ३ सय लिटर घरेलु मदिरा बरामत गरेको छ । ककनि गा.पा वडा नं ४ स्थित प्रहरी चौकि रानिपौवा चौकिले ककनि बाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ५८८८ नं को यात्रु बाहक बसमा चेक जाँच गर्ने क्रममा अवैध ३०० लिटर घरेलु मदिर बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त बरामत गरिएको मदिर जिल्ला प्रहरी कार्यालय, विदुरमा लगिएको प्रहरीले जनाएको छ । नुवाकोटका विभिन्न स्थानमा हुने गरेको अवैध घरेलु मदिराको ओसारपसारलाई प्रहरीले रोक लगाउँदै आएको र बरामत गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्