बरामद गरिएको हतियार सार्वजनिक



सैघाली खबर
रोल्पा,५ मंसिर

सुबर्णावी गाउँपालिका ५ क्वालीगाउँबाट आइतबार पक्राउ परेका पाँच जना विप्लव कार्यकर्ताबाट बरामद गरिएको बिष्फोटक पदार्थ रोल्पा प्रहरीले सार्बजनिक गरेको छ । तयार गरिएको ७ थान क्यान बम र ४३ थान सकेट बम प्रहरीले सार्बजनिक गरेको हो ।

निर्वाचन विरोधि बिभिन्न गतिविधिमा संलग्न भएको भनिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको छ ।

रोल्पा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायत जिल्लाका ११ जना कार्यकर्ता नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएका हतियार सार्बजनिक गर्दै प्रहरी प्रमुख डिएसपि ज्ञानेन्द्र फँुयालले सुरक्षा व्यवस्था कडाई पारिएको पनि बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्