फेरिदै चुनावी प्रचारशैली ‘पोष्टर भन्दा पोष्ट ’ वढि



सैघाली खबर
दाङ, ५ मंसिर । इमेल इन्टरनेटको विकास संगै चुनावी प्रचार पनि प्रविधिमैत्री बन्दै गईरहेकाले छ । दल तथा उम्मेदवारहरुले चुनावी प्रचार–प्रसारका लागि सामाजिक सञ्जाल नै उपयोगी बन्दै गईरहेको छ ।

जिल्लाका सवैजसो दल, कार्यकर्ता र उम्मेदवारहरुले सामाजिक सञ्जाल, पेज मार्फत चुनावी जानकारी र प्रचारशैलीलाई केही फरक सुचनाको भरपर्दाे माध्यमका रुपमा लिएका छन । नेकपा माओवादी केन्द्रका सह–ईन्चार्ज एंव चुनाव परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’का अनुसार सामाजिक सञ्जालको चुनाव प्रचार शैलीले निकै लोकप्रिय बन्दै गईरहेको बताउनुभयो ।

स–साना बालबालिका, महिला, युवा र वृद्धहरु पनि सामाजिक सञ्जालको पहुँचमा रहेकाले चुनाव प्रचार सामाजिक सञ्जालमा निकै उपयोगी लोकप्रिय बन्दै गईरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ जहाँको खबर पनि जनाता माझ तुरुन्तै पुग्छ । ’ गाउँघरका गतिविधिहरु शहर र शहरका गतिविधिहरु गाउँमा तुरुन्तै जनताले थाहा पाउछन । साथै मतदाता शिक्षाका बारेमा लोकप्रिय बन्ने गरेको छ ।

उम्मेदवारहरुले पनि सामाजिक सञ्जाल मार्फत आफ्ना अभिव्यक्ती राखिरहेका छन । सामाजिक सञ्जालमा राखिएको अभिव्यक्त मार्फत कार्यकर्ताहरु चुनावी रौनकमा होमिएका छन । उहाँले भन्नुभयो– ‘ कतिपय वेलामा फोन खबर गर्न सकिदैन । ’ त्यो वेलामा पनि सामाजिक सञ्जालले काम गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले वताउनुभयो । सामाजिक सञ्जालमा भएका ‘पोष्ट’ गरिएका सुचनाहरु मतदाता देखी कार्यकर्ताहरुमा नयाँ सुचना सम्प्रेषणको माध्यम बनेको छ ।

सामाजिक सञ्जाल मार्फत सुचना लोकप्रिय भए पनि कतिपय अविश्वनिय समाचारहरु देखिने गरेकाले सामाजिक सञ्जाल लाई विश्वानिय बनाउन सक्नुपर्ने बताउनुभयो । जनता सुचित माध्यमका रुपमा विकास भएको सामाजिक सञ्जालको चुनावी गतिविधि जनता माझ जस्ताको त्यस्तै पुग्ने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल मार्फत फेरिएको चुनाव प्रचारशैलीले सवैलाई सहजता थपेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्