संयुक्त बाम गठबन्धनलको चुनाबी प्रचारप्रसार कार्यक्रम तिब्र



सैघाली खबर,
दाङ ५ मसिंर।

आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाब नजिकै आइरहदा बबई गाउँपालिकामा संयुक्त बाम गठबन्धनले चुनाबी प्रचारप्रसार कार्यलाई तिब्रता दिएको छ । संयुक्त बामगठबन्धनले बबई गाउँपालिकाका सातै वटा वडामा आज भेला सम्पन्न भएको खबर प्राप्त भएको छ ।
आज भएका भेलाले विभिन्न वडाहरुका टोलमा समिति गठन गरेका छन । बबई गाउँपालिका वडा न २ मा १० वटा टोल कमिटी गठन भएको छ । वडा न २ का बाम संयोजक यज्ञबहादुर ओलीको अध्यक्षता तथा भिमबहादुर ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

त्यस्तै गरी वडा न ३ मा ७ वटा टोल कमिटी गठन भयको छ । बाम गठबन्धनका उपसंयोजक बिरबहादुर ओलीको अध्यक्षता तथा माओबादी नेता पदम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यसै गरी वडा न ५ मा पनि १७ ओटा टोल कमिटि गठन गरिएको छ ।
संयुक्त बाम गठबन्धन वडा नं। ५ का संयोजक शोभा खडकाको अध्यक्षता तथा गाउपालिका उपप्रमुख साबित्रा बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न बताइएको छ । भेलाले धनसिङ केसीको संयोजकत्व युबा परिचालन कमिटी तथा महिला कमिटी गठन गरेको छ ।

यस्तै वडा न ७ मा भएको भेलाले १२ वटा टोल कमिटी गठन गरिएको छ । भेलाले रुपा रानाको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको छ । फत्तेसिङ डाँगीको संयोजकत्वमा १०१ सदस्यीय युबा परिचालन कमिटी र खेमराज डाँगीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

खेमराज डाँगीको अध्यक्षता एवम बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलको प्रमुख आतिथ्यता तथा रमेश सुनारको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
त्यसै गरी बबई गाउँपालिका वडा नं। ६ मा पनि आज नै बाम गठबन्धने वडास्तरीय भेला सम्पन्न भएको छ । संयक्त बाम गठबन्धन वडा नं६ का संयोजक योगेश केसीको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सदस्य डिलबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १६ वटा टोल कमिटि गठन गरेको छ । त्यस्तै भेलाले ४४ सदस्य वडा कमिटि गठन गरेको छ ।

साथै आज नै संयुक्त बाम गठबन्धन बबई गाउँपालिका वडा नं। ४ ले पनि वडास्तरीय भेला हापुरेमा सम्पन्न भएको छ । संयुक्त बाम गठबन्धन बबई गाँउपालिका वडा नं। ४ का संयोजक लोकबहादुर डाँगीको अध्यक्षतामा तथा बबई गाउँपालिकाका प्रवक्ता टंकराज बिकको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले लोकबहादुर डाँगीको संयोजकत्वमा पन्ध्र सदस्यिय वडास्तरीय संयुक्त बाम कमिटि गठन गरेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्