दिपक बोहरा,
दाङ ५ मसिंर।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ प्रदेश सभा १ का उम्मेदवार जगप्रशाद शर्मा अपार अहिले आफ्नो चुनाब प्रचारमा मात्रै छैनन्, आम नागरिकले आफ्नो मत सुरक्षित बनाउन भन्ने उदेश्यले मतदान शिक्षा पनि दिने गरेका छन् । पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा आम मतदाताले सुरक्षित मतदान गरी सच्चा प्रतिनिधि चुन्न सकुन भनी उनले मतदाता शिक्षा पनि दिने गरेका छन् । मतदाताले नै बिकास र समृद्धिको साँचो सुम्पिने भन्दै सक्षम, ईमन्दार, योग्य ब्यक्ति चुन्न मतदाता सफल हुन भनी उनले मतदाता शिक्षा पनि दिने गरेका छन् । मुलुकमै पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको चुनाबमा कसरी भोट हाल्ने भन्ने बारेमा नागरिक नै अनबिज्ञ रहेको भन्दै मतदाता शिक्षा पनि दिने गरेका हुन् ।
प्रतिनिधि र प्रदेशसभाको निर्बााचन अन्य निर्बाचन भन्दा फरक रहेकाले मत बदर नहोस भनी मतदाता शिक्षा पनि दिने गरेको बताए । उनी जहाँ चुनाब प्रचारमा जान्छन्, त्यहाँ मतपत्र संगै लिएर मतपत्रमा पनि मतदान कसरी गर्ने भनी मतदान शिक्षा दिने गरेका छन् ।
मतदाता शिक्षा दिदै उनले भने ‘ प्रतिनिधि सभाको निर्बाचनका लागि दाङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका हिरा चन्द्र केसीलाई मतदान गर्न हरियो रङको पहिलो मतपत्र, मतपत्रमा सुर्यध्वजा बहाक चिन्हमा मतदान गर्नु पर्छ ।’ उनले थपे ‘ क्षेत्र नं. ३ को प्रदेशसभा १ का लागि कालो मतपत्रमा रहेको गोलोघेरा भित्रको हाँसिया हथौडा चिन्हमा मतदान गरी जग प्रशाद शर्मा ‘अपार’ ( मलाई ) मतदान गर्न सक्नु हुने छ ।
त्यस्तै समानुपातिकमा माओवादी केन्द्र समर्थकले गोलो घेराभित्रको हाँसिया हथौडा र एमाले समर्थकहरुले सुर्यचिन्हमा मतदान गर्न सक्नु हुने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।