बन क्षेत्रबाट स्थानीयहरुलाइ हटाइयो



सैघाली खबर,
दाङ ५ मसिंर।

पुरन्धारा इलाका वन कार्यालय हापुरेले अतिक्रमण भएको वन क्षेत्रबाट स्थानियहरुलाई हटाएको छ । इलाका वन कार्यालय हापुरेका सहायक वन अधिकृत कमलप्रसाद पुनको नेतृत्वको वन कर्मचारीहरुको टोलीले बबई गाउँपालिका वडा नं। ५ बबरपुर क्षेत्रमा रहेको सो वन क्षेत्रबाट स्थानियहरुलाई हटाएको हो ।

स्थानिय पूर्ण भण्डारीले काँडेतार गरी अतिक्रमण गरेको करिब १ हेक्टर वन क्षेत्रको तारबार हटाइएको इलाका वन कार्यालय हापुरेका सहायक वन अधिकृत कमलप्रसाद पुनले जानकारी दिनुभएको छ । साथै उहाँले कहिँ कतै अतिक्रमण गरिएका वन क्षेत्रहरु हटाइने र अटेर गर्ने व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही समेत गरीने बताउनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्