भरतपुर महानगरमा पुनः मतदान



काठमाडौं ।

भरतपुर महानगरमा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भरतपुरमा पुनः मतदान गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार चितवनका प्रमुख निर्वाचन अधिकृतले निर्वाचनको मिति तोक्नेछन् ।

शनिबार बसेको आयोगको बैठकले गरेको निर्णयको पूर्णपाठ (विज्ञप्तिसहित)

वडा नम्बर १९ को मतगणना गर्नेक्रममा लतपतिएको मतपत्र भेटिएपछि उत्पन्न विवादपछि मतगणना रोकिएको थियो ।

भरतपुर महानगरमा एमालेका तर्फबाट मेयरमा देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल मेयरमा उठेका थिए । दाहाल भन्दा ज्ञवाली ७ सय मतले अगाडि थिए ।

वडा नम्बर १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नम्बर २० को ३ हजार ३०२ मतगणना गर्न बाँकी थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्