पुत्रशोकपछि प्रचण्ड पहिलोचोटि चुनावी सभामा



सैघाली खबर,
चितवन ५ मसिंर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोा प्रकाश दाहालको निधनपछि पहिलोचोटि आज चितवनमा हुने चुनावी सभामा सहभागी हुदैछन् ।
देशका विभिन्न १४ शहरमा चुनावी सभा गर्ने योजनासहित प्रदेश प्रतिनिधिसभा निर्वाचनमा होमिएको वाम गठबन्धानले मंगलबार केन्द्रीय नेताहरूको सहभागितामा चितवनमा बृहत चुनावी सभा आयोजना गरेको छ ।

शक्ति प्रदर्शनसहितको आमसभा गर्ने तयारी गरेको वाम गठबन्धनले अध्यक्ष ुप्रचण्डुका पुत्र प्रकाश दाहालको निधनका कारण सो सभालाई श्रद्धाञ्जली सभाको रूपमा आयोजना गर्न लागिएको गठबन्धनले जानकारी दिएको छ । गठबन्धनका नेताहरुका अनुसार सो सभामा चितवनका तीनवटै निर्वाचन क्षेत्रका एमाले र नेकपा माओवादी केन्द्रका नेता, कर्याकर्ता अरु दलका प्रतिनिधि समेतको उपस्थिति रहने छ।

चितवन ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका प्रचण्ड सो सभामा उपस्थित रहेपनि सम्बोधन गर्ने कार्यक्रम भने राखिएको छैन। सभाको शुरुमा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा, मातृका यादव तगायत गठबन्धनका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्