दाङमा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ



दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ लखन पार्क नजिक रहेको रोल्पाली सृष्टी खाजा घरमा जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरीले होटेल सन्चालिका सहित जुवा खेल्दै गरेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला रुन्टिगढी गाउँपालिका वडा नं ६ निगलपानीका ५३ वर्षका दुर्गा पुन, सोेही गाउँपालिका वडा नं ७ डुब्रीङका ३९ वर्षका रेशम रोका, ३२ वर्षका सोमराज बस्नेत, घोराही उपमहानगरपालिका वडा नं १५ रतनपुरमा वस्ने ३५ वर्षका पदम बहादुर बुढा, वडा नं १३ कलमघारी निवासी ३९ वर्षका दुर्गालाल रोका, वडा नं १८ मसिना वस्ने ४३ वर्षका फाले घर्ती, वडा नं १४ पुरानो बसपार्क बस्ने ५२ वर्षका जनक पुन र होटेल सन्चालिका रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ६ निगालपानी घर भइ हाल हाल होटेल सन्चालन गरिरहेकी ३८ वर्षीय छवी पुनलाई प्रहरीले पक्राउ गरेको हो । जुवाको खालबाट नगत रु १७१५८० एक लाख एकहत्तर हजार पाँच सय अस्सी रुपियाँ बरामद गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्