सरकारका सबै निर्णय उल्टिन्छन् : ओली



सैघाली खबर,
काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय उल्टिने बताएका छन् । एकमहिने सरकारले चुनावको मुखमा लाइसेन्स दिने र खोस्ने काम गरिरहेको आरोप लगाउँदै ओलीले आगामी सरकारले यस्ता सबै निर्णय सच्याउने बताए ।

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गरेको सम्झौता खारेज गरेको प्रसंगमा ओलीले यस्तो बताएका हुन् । ‘बुढीगण्डकी आयोजना गेजुवालाई दिनुहुन्थ्यो कि हुन्नथ्यो अथवा सरकारले दिन सक्थ्यो कि सक्दैनथ्यो, त्यो फरक कुरा हो,’ ओलीले भने, ‘तर, जति ठूला कुरा गरे पनि यो एकमहिने सरकार हो र यसले अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वसनीयतामा धक्का पुग्ने निर्णय गर्न मिल्दैन, यसलाई सच्याइनेछ ।


नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा सोमबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’मा उनले यस्तो बताएका हुन् । निर्वाचन सुरक्षामा सरकारले चासो नदिएको आरोप लगाउँदै ओलीले परियोजनाको लाइसेन्सभन्दा निर्वाचनमा ध्यान दिन सरकारलाई सुझाब दिए ।

‘बम पड्किएको पड्कियै छ, तर सरकारको ध्यान गएको छैन,’ उनले भने, ‘चुनावको वेला लाइसेन्स दिनु र खोस्नु मिल्दैन, यो अनधिकृत काम हो, यसलाई आगामी सरकारले सच्याउनेछ ।’ देउवा सरकारले एक महिनाको मौका छोपी ‘हाटहुट’ र ‘लाटलुट’ पार्न खोजेको आरोप उनले लगाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्