मैत्रीपुर्ण फुटवल प्रतियोगिता हुने



सैघाली खबर
घोराही,५ मंसिर 

न्यू स्टार फुटवल क्लव नारायणपुर दाङले मैत्रीपूर्ण फुटवल प्रतियोगिता गर्ने भएको छ । २ नम्वर क्षेत्र स्तरिय मैत्रीपूर्ण फुटवल प्रतियोगिता यहि मंसिर नौ र दश गते नारायणपुरमा गर्ने क्वलले जनाएको छ ।

त्यसका लागि क्षेत्र नम्वर २ अन्तर्गत पर्ने विद्यालय,क्लव तथा संघसस्थाहरुलाई सहभागी हुन क्लवले सवैलाई आग्रह गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद दश हजारसहित हिल्ड,प्रमाणपत्र र दोश्रो हुने नगद पाँच हजार शिल्ड,प्रमाणपत्रहरु प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ।

प्रतियोगिताका सहभागी हुन टिम दर्ता शुल्क ागि पाँच हजार रहेको क्लवका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिए । इच्छुक विद्यालय,क्लव र संघसस्थाहरुले यहि मंसिर आठ गते साझ पाँच बजेसम्म कल्वमा टिम दर्ता गर्न सक्ने आयोजकले जानकारी गराएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्