मुख्य समाचार

चुनावी सभामै ढलेका जनवादी गायक पाख्रिनको निधन

By थाहा अनलाइन

November 21, 2017

सैघाली खबर

काठमाडौं,५ मंसिर

भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । पाख्रि नले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।