पाँच बर्ष भित्र पश्चिम दाङको समृद्धि – केसी



सैघाली खबर,
हापुर ६ मसिंर।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसीले पाँच बर्ष भित्र पश्चिम दाङको मुहार फेरिने बताएका छन् । क्षेत्र नं. ३ का बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै उनले पाँच बर्ष भित्र पश्चिम दाङलाई सम्बृद्ध र बिकसित बनाउने बताए ।

देशभर बामगठबन्धनले दुई तिहाई बहुमतका साथ बिजय हाँसिल गर्ने भन्दै उनले ५ बर्ष सम्म बामपन्थिको स्थायी सरकार निर्माण हुने बताए । बामपन्थिको स्थायी सरकार निर्माण भएमा समग्र मुलुककै सम्बृद्धि हुने भन्दै एक पटक बामपन्थिलाई बिजय गराउन पनि आग्रह गरे । काग्रेस पटक पटक सरकारमा रहेपनि अहिले सम्म कुनै उपलब्धि मुलक बिकास निर्माणका काम हुन नसकेको भन्दै अब काग्रेसबाट देशको सम्बृद्ध र बिकास सम्भब नभएको बताए । काग्रेसलाई सरकारमा पठाएकै कारण देश एक सय बर्ष पछि धकेलिएको समेत उनले बताए । अहिले पनि काग्रेसलाई जिताउने हो भने देश ५० बर्ष पछि धकेलिने उनको भनाई थियो ।

सभामा दाङ क्षेत्र नं. ३ को प्रदेश सभा २ का उम्मेदवार उत्तर कुमार वलीले पश्चिम दाङका सडक, खानेपानी, सिंचाईलगायतका समस्या रहेकाले ती समस्या समाधान गर्न भुमिका निर्बाह गर्ने बताए ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्