विद्यालय समय ९ बजेदेखि ३ बजेसम्म गराउन शिक्षा मन्त्रालयमा छलफल



काठमाडौंः सरकारले देशभरका सामुदायिक तथा निजी स्कुल खुल्ने समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोक्न छलफल अघि बढाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। सरकारले यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकेको थियो।

प्रवक्ता शर्माका अनुसार यसबारेमा छलफल चलिरहेकाले कुनै निर्णय भएको छैन। ‘देशभरका स्कुलहरुमा बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्‍चालन गर्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘निर्णय भने भइसकेको छैन।’ शिक्षा मन्त्रालयका अधिकारीका अनुसार निजी स्कुल, सरकारी स्कुल र सरकारी कार्यालयको समय समान हुँदा सडकमा चर्को सवारी जाम भइरहेको छ। उपत्यकासहितका देशका मुख्य सहरमा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्न विद्यालयको समय हेरफेर गर्नेबारे छलफल थालिएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्