नेपालमा पदयात्राका प्रमुख पदमार्गहरू




नेपालमा आउने हरेक चार जना पर्यटकहरूमध्ये एकजना पदयात्राका लागि आउने गर्दछन् । यस तथ्यांकले नेपालमा पैदलमार्ग लोकप्रिय छन् भन्ने तथ्यलाई पनि प्रष्ट पार्दछ । धेरै जसो यस्ता पदमार्गहरू १००० मिटर र ४००० मिटर उचाइको बीचमा रहेका छन् । तर केही लोकप्रिय पदमार्गहरू ५००० मिटर माथिको उचाईसम्म पुग्छन् ।

अचम्म लाग्ने खालका भुबनोटहुँदै जाने यी पदमार्गमा यात्रा गर्नु र विभिन्न जनजातिलाई बाटामा भेट्नु सबै पदयात्रुहरूका लागि एउटा विरलै पाइने अवसर हो । यिनीहरूलाई प्रत्यक्ष देख्न र अनुभूति गर्न पाउनु नै पदयात्रुका लागि सबैभन्दा राम्रो हो ।

सगरमाथा, अन्नपूर्ण र लाङटाङ क्षेत्रहरू नेपालका प्रमुख पदमार्गहरू हुन् । हालसालैका वर्षहरूमा सुदुरपूर्वको कञ्चनजंघा र उत्तरपश्चिमको डोल्पा पनि पदयात्राका नयाँ गन्तव्यका रूपमा लोकप्रिय बनिरहेका छन् । भर्खरै सरकारले देशका विभिन्न भागमा धेरै सांस्कृतिक मार्गहरूको विकास गरेको छ । यी सांस्कृतिक मार्गहरूबाट तपाई स्थानीय समुदायको संस्कृतिलाई अवलोकन गर्दै पदयात्राको मज्जा लिन सक्नुहुन्छ । समय र शक्ति हुनेको लागि त कञ्चनजंघादेखि हुम्लासम्म फैलिएको १७ सय किलोमिटर लामो ग्रेट हिमालयन ट्रेल नै छ, जुन पार गर्न महिनौं लाग्दछ ।

सबै पदयात्रीले पदयात्रामा निस्कनु भन्दा पहिला पदयात्रीको सूचना व्यस्थापन प्रणाली परिचय पत्र लिन आवश्यक छ । संरक्षित क्षेत्रमा पदयात्रा गर्नेले सम्बन्धित राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रमा दस्तुर तिरेर अनुमति लिएको हुनुपर्छ । नेपाल सरकारले प्रतिबन्धित भनेर घोषणा गरेका क्षेत्रमा पदयात्रा गर्न चाहनेले अध्यागमन विभागबाट पदयात्राको अनुमति अनिवार्य रुपमा लिएको हुनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्