‘अठार विराला, अठार सर्प खाएँ !’



गोविन्द खड्का
दाङ, ६ मंसिर  । प्लाष्टिकको बोरामा बिरालो राखेर छाला काढिरहेका थिए । ठुलै विरालो भेटिए भन्दै निकै खुशि मनाएका थिए । मुख मिठ्यादै विरालाको लिंग काटि फाले, छाला उतारे र मासु काटेर खानका लागि तयार गरे ।
उनले विहान पख विराला काटिरहेको देखेर गाउलेहरु झुम्मीएका थिए । हम्बरले टाउकोमा हानेर मारेको विरालो स्थानियका लागि अनौठोको विषय थियो । केहि घिनमान्दै पर पर सर्दै थिए । कतिले त नजिकै बसेर सोध खोज पनि गरे । समग्रमा गतिलो काम होईन भन्नेहरु नै धेरै थिए ।

सिकेको २७ बर्षमा अठार विराला र सत्र वटा सर्प खाएको घोराही १८ दिदिवहिनी टोलका कुल बहादुर विक (जुँगे मिस्त्री) ले जानकारी दिएका छन् । अहिले ५७ बर्ष उमेर पुगेका जुँगेले सर्प र विराला खोज्न नछोडेको बताए ।
तिस बर्षको उमेर भारत हिमाञ्चलको कोठखाई कमाउन गएको बेला बंगाली बाट सिकेको जानकारी दिए । ‘शुरुमा माछाको मासु भनेर ख्वाए हँ ट भुलिपल्ट कस्टो भो भनि किन सोढे । पछि पो हात हललाएर सिकाईदिए ।’ त्यस पछि मात्रै अफुले सर्प खाएको पत्तापाएको बताए ।

उनले घरभित्र आफ्नो र श्रीमतिको फोटाको माला सर्पको काँचुली बनाएका छन् । आफुले खाएको ठुलो र राम्रो सर्पको काँचुली निकालेर राखेको जानकारी दिए । अँगेना माथि सर्पको सुकुटि टंगाएका छन् । सर्पले टोकेर मारेका जनावरको मासु पनि खाने गरेको उनको भनाई छ । हिजो मात्रै विषालु सर्पको डसाईले मरेको भेडाको मासु खाएको जानकारी दिए । बचेको मासु सुईरोमा सुकुटि बनाई टंगाएका थिए । उनका अनुशार विषले भेडो हरियो भएको थियो । झारफुक गरेर खाएका हुन् ।
सर्पको पुच्छर र टाउका काटेपछि मुख्य विष जाने उनको अनुभव छ । त्यस पछि तत्कालै विष झार्ने अरु उपाए अपनाउनु पर्छ । भागे लुकेको सर्प भेटाउने र छोप्ने बुटिको माला बनाएका छन् । जति खतरनाक भए पनि बुटिको छायाँ परेपछि सर्प हिडडुल गर्न नसक्ने गरी लठ्ठिने उनको भनाई छ । नजिकका छरछिमेकलाई कतै सर्प र विराला भेटिए खबर दिन सल्लाह दिएका छन् । बालबालिकालाई समे सुचना दिन सल्लाह दिएका छन् । वरपर सर्प देखिनै दिन्नन् ।

उनले १८ बढि बिराला खाईसकेको जानकारी दिए । मानि विरालो भने गन्धआएर खान नमिल्ने बताए । ‘पुच्छर हेर्न विर्सेर पकाएँ पछि पो गन्हाएर थाह भयो । पर लगिकन खोल्सामा फाल्डिएँ ।’ उनले भने त्यसपछि जहिले पनि ढारे विरालो भए पछि मात्रै खाने गरेको जानकारी दिए । विरालामार्न भने धारीला औजार एवं हतियारको प्रयोग गर्छन् । बसेको बेलामा लुकेर मार्ने गरेका छन् ।

रोल्पाको रांकोटमा जन्मेका जुँघेले दाङ झरेको २० बर्ष वितेको बताए । उनको श्रीमति रामकलि विक विगत दुई बर्ष देखि भारतमा छिन् । एक छोरा बुहारी छुटै बस्छन् । दुई छोरीको विवाह भैसकेको छ । भने उनका बाबु अहिले पहाडतिर भेटघाटमा छन् । बाबुको नाम के हो भनेको ‘पुच्छने भ्यापो’ भनेर जवाफ दिए । अहिले एक्लै बसेका जुँघेले पकाउन झन्जट हुने भएकाले सर्प खान त्यत्ति उत्साह नआउने बताए । तर देखे पछि खबर पाए सम्म नछोड्ने उनको भनाई छ ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्