पुनम भन्छिन् दलित समुदायलाई राज्यका सबै अङ्ग र पार्टीभित्र प्रतिनिधित्व गराउन लड्छु



जनक नेपाली

दाङ,६ मंसिर ।  पुनम सेर्पाली (ज्योति)  माओवादीको प्रदेश सभातर्फको समानुपातिक उम्मेदवार हुन् । एक सामान्य दलित परिवारमा जन्मेर सिङ्गो वर्गीय आन्दोलनमा होमिएकी सेर्पाइलीको नाम महिला र दलित आन्दोलनसँग जोडिन्छ ।दाङको बबई गाउँपालिका– ५ जलुकेमा आमा रोमादेवी र वुवा धनबहादुर विकको कान्छी छोरीको रुपमा पुनमको जन्म भएको हो । सामान्य लेखपढ मात्र गरेकी पुनमले सानैदेखि राजनीति जीवन रोजिन र उनी जनयुद्धमा होमिइन् ।गाउँमा दलित माथि हुने विभेद र छुवाछुतको अन्त्यका लागि उनी संर्घष गदै अगाडि बढिन् । जनयुद्धको समयदेखि नै असहाय, गरिब, विपन्न समुदायको अधिकारका लागि उनी अनवरत रुपमा लड्दै आइरहेकी छिन् । उनले नेपाल मात्र नभई भारतमा समेत पुगेर नेपालीहरुलाई संगठित गर्ने भूमिका निर्वाह गरेकी छिन् ।

२०५४ सालमा भारतीय नेपाली महिला संगठनको अध्यक्षका रुपमा काम गरेकी पुनमले पुनमले २०५२ मा जनयुद्ध शुरु भएसंगै जनकलाकार महिला मोर्चामा सक्रिय हुँदै अगाडि बढेकी थिइन् । त्यसपछि २०५५ सालमा नेकपा माओवादीको जिल्ला सदस्यको रुपमा रही राजनीति यात्रालाई थप बलियो बनाउँदै जनतालाई संगठनमा आबद्ध गर्ने सांगठनिक भूमिकामा उनी रहिन् । चुनवाङ बैठकसम्म राज्य समिति सदस्य रहेकी पुनम २०६३ मा तत्कालीन नेकपा माओवादी दाङको जिल्ला सचिवालय सदस्यको भुमिकामा रहिन ।२०६४ देखि २०६६ सम्म दाङको तत्कालीन पुरन्धारा र पञ्चकुले गाविसको एरिया सह–इन्चार्ज र इन्चार्जका रुपमा उनले काम गरिन् । २०६५ मा थारुवान राज्य समिति सदस्य हुँदै २०६९ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलन आयोजक समिति संयोजक र अध्यक्षको भूमिकामा उनी रहिन् ।

पार्टीले सेर्पाइलीलाई ०७० मा एकीकृत नेकपा माओवादी दाङको जिल्ला सहसचिवको जिम्मेवारी दिएको थियो । २०७४ मा नेकपा माओवादी केन्द्रको सहसंयोजक, अखिल नेपाल महिला संघ क्रान्तिकारीको ५ नं. प्रदेशको उपाध्यक्ष केन्द्रिय सचिवालय सदस्य र दाङको जिल्ला ईन्चार्जको भुमिकामा रहनु भएको छ ।अहिले माओवादी केन्द्रले प्रदेश ५ को तर्फबाट उनीलाई समानुपातिक उम्मेदवारका रुपमा चुनावमा उठाएको छ र यतिबेला उनी जनताको घरदैलोमा आफनो पार्टीलाई भोट माग्दै छिन् । हिजोको जनयुद्धले गरिव असहाय, विपन्न समुदायको अधिकार संविधानमै लेख्न बाध्य बनाएको बताउँदै पुनमले अब त्यसको कार्यान्वयनका लागि लाग्ने समय आएको बताइन् ।

गरिब, मजदुर, किसान, महिला, दलितका अधिकार संविधानमा लेखिए पनि कार्यान्वयनको चरणमा थुप्रै समस्या देखापरेको बताउँदै पुनमले अब सिङ्गो दलित समुदायलाई राज्यका सबै अङ्ग र पार्टीभित्र प्रतिनिधित्व गराउनका लागि लड्ने बेला आएको पुनमले बताइन्  समानुपातिकका लागि गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हमा भोट माग्न यतिबेला जनतामाझ पुगेकी पुनमले आफनो पार्टीलाई विश्वास गरेर मत दिएमा त्यो मत आफूलाई जिताउनका लागि हुने भन्दै उनले सम्पूर्ण मतदाता र सुभेच्छुकहरुसँग मतका लागि अनुरोध गरेकी छिन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्