खेलकुद

सक्सेस कप फुटबलको फाइनलमा प्रहरी र भ्याली टप भिड्ने

By थाहा अनलाइन

June 03, 2017

लक्ष्मण बस्नेत  २० जेठ तुलसीपुर । दाङको तुलसीपुर अरनीको मैदानमा जारी सक्सेस कप अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधीका लागि आइतबार प्रहरी र भ्याली टप विच फाइनल भिडन्त हुदैछ ।

सक्सेस फुटबल क्लब तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको फाइनल भिड्न्त दिउसो ३ बजे पछी हुनेछ । प्रतियोगिताको उपाधी चुम्ने टिमले २० हजार बराबरको सक्सेस कप तथा प्रमाणपत्र हात पार्नेछ । सनिबार विहान सम्पन्न सेमिफानलमा शान्तिदिप बोर्डिङ स्कुल दुधेनालाई ट्राइवेकरमा पराजीत गर्दै मध्यपश्चिम क्षेत्रिय आवाशिय माबि गुलरिया घोराहीले फाइनल यात्रा तय गरेको हो भने गोरखा उमावि तुलसीपुरलाई ट्राइवेकरमै पराजीत गर्दै भ्यालीटप स्कुल घोराहीले फाइनलमा प्रहरी संग भेट पक्का गरेको हो । जेठ १२ देखी संचालित प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायीक विद्यालय गरी २४ टिमको सहभागिता रहेको थियो । यसैविच आइतबार दिउसो ३ बजे हुने फाइनल भिडन्तमा खेलप्रेमी, खेलाडी, उद्योगी, व्यापारी, सुरक्षानिकाय, समाजसेवी, वुद्धीजीवी पत्रकार लगाएत सबैमा उपस्थीतीका लागि आयोजकले अनुरोध गरेको छ ।