पाँच कार्यकाल प्रधान पञ्च बनेका खड्काले अपारलाई भने ‘तपाई चुनाब जित्नु हुन्छ ’



दिपक बोहरा, तुलसीपुर ६ मंसिर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ चुनाबी अभियानकै क्रममा ५ कार्यकाल ( २५ बर्ष ) प्रधानपञ्च भएका भेट्ने अबशर पाए ।

तुलसीपुर उपमहानगरपालिका ४ मिलनचोक निबासी डिल्ली बहादुर खड्का तुलसीपुरको ५ कार्यकाल प्रधानपञ्चमा जननिर्बाचित भएका थिए । त्यतिबेलाका लोकपृय तथा ईमान्दार नेता भएकै कारण उनलाई ५ पटक मतदाताले जिताए । उनी जनतामाझ निकै लोकपृृय थिए । किनकी उनी ईमान्दारी पुर्बक बिकास निर्माणको कार्यलाई अघि बढाए ।

उनले न त झुट्टा आस्वासन दिएर भोट मागेनन्, न त कसैलाई पैसा बाँडे । उनले केवल आफुले गर्न सक्ने मात्रै काम जनता माझ लिए, र जितिसके पछि आफुले गरेका बाचा पुरा गरे ।

त्यसैले नै उनी ५ कार्यकाल प्रधानपञ्च हुने मौका उनलाई जताले दिए । त्यही स्वभाब अहिले माओवादी केन्द्रका नेता समेत रहेका बामगठबन्धनको तर्फ बाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’मा रहेको उनले बताए ।

करिब एक घण्टा भलाकुसारी गरेका उनले अपारको स्वभाब प्रष्ट बुझ्थे । किनकी उनले जनताको स्वभाब प्रष्टै बुझ्ने उनीहरुको आबश्यकता बुझ्ने क्षमता भएकाले नै उनले ५ पटक सम्म पनि जनताले चुने । उनले सहजै अपारको स्वभाब बुझे भने ‘ तपाईले अहिले जुन एजेण्डा, उदेश्य लिनु भएको छ, त्यो पुरा गर्न सक्नु हुन्छ, आबश्यकता भन्दा बढी कुरा गरेर भोट माग्ने काम गर्नु भएको छैन ।’ त्यसैले तपाई जस्ता सरल, ईमान्दार, त्यागी नेतालाई जनताले पनि पत्याउछन् ।

मान्छेले ठुला ठुला आस्वासन दिने नेता भन्दा पनि जनताका आधारभुत तथा साना साना समस्या समाधान गर्न सक्ने नेतृत्व खोजेको छ । उनले भने ‘ मैले तपाईलाई यति ईमान्दार, सरल हुनुहुन्छ भनेर सोँचेको पनि थिईन्, एक घण्टा सम्म कुरा गर्दा म निकै प्रभाबित भएको छु, जनताले पनि अनाबश्यक गफ भन्दा काम गर्न सक्ने मान्छेलाई चुन्ने छन् ।’

अहिलेको बिज्ञान र प्रबिधिको बिकास संगै समाज रुपान्तरण, बिकास र समृद्धिका लागि बामगठबन्धनले अघि सारेका एजेण्डा महत्वपुर्ण भएको भन्दै ५ बर्ष सम्म बामगठबन्धनले स्थायी रुपमा सरकार चलाउन पाए मात्रै ५ बर्षमै बिकसित र समृद्ध बनाउन सकिने बताए । अहिले बामगठबन्धनको देशभर राम्रो माहोल तयार भएको समेत उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्