गायक भुपु पाण्डेको मरेको लास सार्वजनिक



ओमप्रकाश गुप्ता,सिसहनियाँ । गायक भुपु पाण्डेको नयाँ गित मरेको लास सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ प्रगतीनगर सिसहनियाँ कमलरोड निवासी पाण्डेको आफ्नै युटुव च्यानलमा सो गित सार्वजनिक भएको हो । गितमा संगित-स्वर र अभिनय पाण्डेले गरेका छन् भने उनलाई रियासा दहालले साथ दिएकी छिन् । भने गितमा अनिल कृष्ण मानन्धरको निर्देशन, सम्पादन मनोज कार्की र छायाङकन पनि अनिल कृष्ण मानन्धरले गरेका छन् ।

भिडियो तथा गितमा छुट्टिएर बस्दा या पारिवारिक असमझदारीले गर्दा के कस्तो उतार चढाव लिन सक्छ भन्ने कुरा देखाउन खोजेको छ । पछिल्लो समय चर्चामा आउन सुरु गरेका पाण्डेले करि ४०-४५ वटा गित रेकडीङ भएका छन् भने करिव १५ वटा भिडियो सहितको गित बजारमा आइसकेका छन् । उनले गाएका गित मध्ये चम्पा,छाता,जेपिटी मेरो वालमा ट्याक नगर,नरिसाउ न मालती,आयो रे सावन आयो लगायतका गित स्रोता तथा दर्शकले मन पराएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्