कोरोनाको प्रभावः ‘बी’ डिभिजनलगायत सम्पुर्ण खेल स्थगित



काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता स्थगित गरिएको छ ।अखिल नेपाल फुटबल संघ ९एन्फा० ले हिजो विज्ञप्ती जारी गर्दै बि डिभिजनसहित हाल जारी सम्पूर्ण फुटबल प्रतियोगिता र गतिविधिहरु रोकेको हो ।

कोरोना भाइरसको विश्वव्यापी असरलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले एक साताका लागि सबै खेलकुद गतिविधि स्थगित गर्न निर्देशन दिएपछि एन्फाले सोही अनुरुप निर्णय गरेको हो ।

योसँगै एन्फाले चैत १६ गतेका लागि तय गरेको साधारण सभा पनि स्थगित भएको छ ।विश्व फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० का प्रतिनिधि आउन नसक्ने भएपछि एन्फाले साधारणसभा पनि स्थगित गरेको हो ।

त्यस्तै एन्फाले सातदोबाटोस्थित आफ्नो मुख्य कार्यालयसहित तीन वटै एकेडेमी एक साताका लागि बन्द गर्ने जनाएको छ ।

एन्फाका अनुसार धरान र बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टर पनि चैत १२ गते सम्म बन्द रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्