देश विकास बाम गठवन्धनले गर्छ (पूर्व पश्चिममा रेल चलाउँछौ भन्दा सबै तर्सिए ओली)



जनक नेपाली
दाङ,६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको पूर्व पश्चिम रेल चलाउँछौ भन्दा विपक्षहरु तर्सिएको वताउनुभएको छ । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समितिले घोराहीमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दे अध्यक्ष ओलीले यस्तो वताउनु भएको हो । देशको विकास बाम गठबन्धनमात्र गर्ने बताउँदै अब पूर्व पश्चिम रेल ल्याउन पैसा हामी संग छ भन्दा, दाङलाई नमुना स्मार्ट सिटी बनाउँन भन्दा , दलित महिला,जनजातिका छोरा छोरीलाई पठाउँछौ भन्दा उनिहरु आत्तिएको वताउनुभयो ।

निर्वाचन पछि देशमा बाम गठबन्धनको दुई तिहाई मत आउँने वताउँदै अब प्रादेशिक सरकार बाम पन्थिहरुले तोक्ने समेत बताउँनुभयो । मुख्य मन्त्री को बन्छ त्यो पनि जनतालाई थाहाँ छ अब म यो देशको विकासको जिम्मा हामी लिन्छौ ओलीले भन्नुभयो  कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका ओलीले नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल पार्टी एकताको पहिलो आधार बनेको बताउँदै आमामी निर्वाचन पनि नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी हुने भनाई व्यक्त गर्नुभयो ।


नेपाली जनता एमाले र माओवादीको एकता हुने कुराले निकै उत्साहित बनेको वताउँदै चुनाव पछि दुवै पार्टी एक हुनेमा कुनै संङ्का नगर्न दङ्गाली जनतालाई आग्रह समेत गर्नुभयो । कार्यक्रमका प्रमुख आतिथी ओलीले यो चुनावको विशेष महत्व रहेको वताउँदै एमाले र माओवादी केन्द्रले देशमा स्थायी शान्ति स्थायित्व रुपमा देशको समग्र विकास गर्न खोजेको छौ भन्नुभयो । दाङलाई प्रशासनिक र राजनितिक रुपले विकास गर्न खोजेको वताउँदै बलिदान र संघर्ष बाट प्राप्त उपलव्धीको रक्षाका लागि संबिधान कार्यान्वयन ध्यान दिन आबश्यक रहेको वताउनुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्