समाजबाद नै नयाँ नेपाल अर्काे रुपम हो (बादल)



 

सैघाली खबर
दाङ, ६ मंसिर ।  नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले समाजबाद नै नयाँ नेपालको अर्काे रुप भएको वताउनु भएको छ । दाङको घोराहीमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दे नेता बादलले यस्तो वताउनु भएको हो । समाजबादमा हुनै धनी ,कुनै गरिव कुनै माथि कुनै तल नहुने वताउँदै समाजबादले देशमा समानता कायम गर्ने समेत उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र जनताले रगत संग साटेर ल्याएको वताउँदै त्यसलाइ कार्यान्वय गर्न नदिनका लागि ठुलो चलखेल पैदा हुन लागेको वताउनुभयो । नेता बादलले सामान्ति जमिदारको एकाधिकारको अन्त्य भएको वताउँदै त्यसले देशमा नयाँ चरणको सुरुवात गरेका छौ भन्नुभयो ।


राणा शाषण , पञ्चात व्यवस्थाको अन्त्य भयो २००७ , २०२८सालको झापा आन्दोलन, २०५२ को जनयुद्ध यी सबै कुरको निचोट भनेको नेपालको संघीय गणतान्त्रिक संविधान भएको वताउँदै त्यसको रक्षाका लागि सम्पूर्ण दङ्गाली जनतालाई समाजबादका प्रतिनिधी गर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

चुनावी सभालाई माओवादी केन्द्रका नेता एवं दाङक्षेत्र नं. २ का प्रतिनिधी सभाका उम्मेदवार कृष्णबहादुर महरा, एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङक्षेत्र नं. १ का उम्मेदवार मेटमणी चौधरी, ईन्द«जित थारु, रेवती रमण शर्मा, अम्मर बहादुर डाँगी लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम माओवादी केन्द्र दाङका ईन्चार्ज जीवन गौतमको अध्यक्षतमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन पोलिट ब्युरो सदस्य निर्मल आचार्य बिकलले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्