शुक्रबारदेखि खाडी र मलेसियासँगै यूरोपबाट नेपाली पनि नेपाल आउन नपाउने



काठमाण्डौ । आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्