अस्ट्रेलियामा शुक्रबार देखि प्रवेश गर्न प्रतिवन्ध



काठमाडौँ | शुक्रबार देखि अस्ट्रेलिया प्रवेश गर्न नपाइने भएको छ | प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् |

उनले यस अघि नै अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन समेत आग्रह गरेका थिए | अस्ट्रेलियामा विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ |

अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय गरेको हो | विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन, तर भेला हुन् भने रोकेको छ | अत्यावश्यक काम बाहेक बाहिर घुमफेर नगर्न सुझाव दिइएको छ |

दैनिक उपभोग्य बस्तुहरुको अभाव हुने ठानेर सुपरमार्केटहरुमा भिडभाड भए पनि सरकारले कुनै पनि कुरा को अभाव नहुने विश्वास दिलाएको छ | नरसिंग क्षेत्रका अन्तर्रास्ट्रिय विद्यार्थीलाई रोजगारदाताको अनुरोधमा हालको भन्दा दोब्बर काम गर्न पाइने व्यवस्था गरिएको छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्