‘निर्वाचन भाड्न खोजिदैछ ः वंली ’



गिरिराज नेपाली
दाङ, ७ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा वंलीले सरकारले आफैले चुनावी विथोल्न प्रयास गरेको आरोप लगाउनु भएको छ । बिहिवार नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको पत्रकार भेटघाटमा वंलीले काँग्रेस र विप्लव क्रान्तीकारी साँटगाँडले चुनावी भाड्ने खेल रचेको आरोप लगाउनुभयो ।

वुधवार मात्रै काँग्रेस सभापति एंव प्रधानमन्त्री शेर वहादुर देउवा र विप्लव क्रान्तीकारी दोलखामा संयृुक्त वैठकले भएको प्रष्ट्र पार्दै वंलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भाड्ने खेल सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ विप्लव बाबुले निर्वाचन चाहेका छैनन् , काँग्रेसले हार्ने निश्चित नै छ । ’ दुवै मिलेर निर्वाचन बिथोल्न दाउ गरेको उहाँको भनाई छ ।
मुलुृक र जनताले स्थायित्व, समृद्धि र अधिकार चाहेकाले यो निर्वाचन कसैले रोकेर÷छेकेर नरोकिने उहाँले बताउनुभयो । काँग्रेसले सत्तामा रहेर जनताको अधिकार र सत्ताको दुरुपयोग गरेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘ निर्वाचनको माहोल ताँतिदै उम्मेदवार नेता लक्षितका बम पड्कीरहेका छन । सरकारको त्यसको संरक्षकको भुमिमा देखिएको छ । दाङको परिपेक्ष्यामा कुरा राख्दै भन्नुभयो– ‘ प्रदेश प्रहरी प्रमुखको सरुवा विप्लव बाबुका कार्यकर्ताहरु नछोड्नु भएको हो । ’ निर्वाचनको सुृरक्षा मजवुत र सुरक्षा योजना चुस्त बनाउने समयमा सरकारले ‘ डिजाईनका आधारमा प्रहरी प्रमुखहरुको फेरबदल पनि गरेको उहाँको आरोप लगाउनुभयो ।

नेकपा एमालेका अध्यक्ष वंलीले विप्लव क्रान्तीकारी क्रान्तीकारी पार नलाग्ने क्रान्तीकारी रहेको टिप्पणी गर्नुभयो । क्रान्तीका नाममा जनता विपरितका क्रान्ती रहेकाले त्यो क्रान्ती सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ विप्लव भाई तिमीले जनता,लोकतन्त्र र विकास लाई हानी गर्दैछौ । आफ्नो क्रान्तीको बाटो मोड !
वंलीले अबको केही महिनामै मुलुृकले स्थायित्व पाउने र जनता समृद्धि र अधिकारको अनुभुती गर्न सक्ने भन्दै मुलुकले कम्युनिष्ट सरकार पाउनको आतुर रहेको बताउनुभयो ।

समाजवाद सहितको अधिकार ,समृद्धि ,शान्ती सुव्यवस्था, लोकतन्त्र र पारदर्शिता पाउने आशमा नेपाली जनता रहेकाले त्यो. आशालाई वामएकताले पुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘ काँग्रेस मुलुक स्थायित्व र समृद्धि देख्न नचाहेकाले उही दासताको मानसिक्तामा जनता राख्न चाहेको छ । ’ उहाँले थप्नुभयो – ‘दक्षिणपन्थीको दासतामा रहेको काँग्रेस मुलुकलाई कसरी समृद्ध र स्थायित्व राख्न चाहान्छ होला र ? यो देशमा जनताको अधिकार जनताको शासन पद्धतीकै विकास गर्न हामी चाहेका छौ । आफ्नो मताधिकार लाई स्वतन्त्र र ढुक्कका साथ मतदान गर्न पनि मतदातहरुलाई आग्रह गर्नुभयो छ ।

वंलीले संघिय संरचनामा विभाजन भईसकेको नयाँ ७ वटै प्रदेश निर्वाचन पश्चात मुकाम तोकिने बताउनुभयो । निर्वाचन पछिको नयाँ सरकारले प्रदेश राजधानी तोक्ने गरी गृहकार्य भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ मुख्यमन्त्री र राजधानी भन्दा अहिले निर्वाचन रहेकाले मुलुकको ध्यान निर्वाचनमा दौडिएको बताउनुभयो । भने दाङ राजधानीका लागि नेकपा एमालेको तर्फ वाट आफु सकारात्मक रहेको बताउदै उहाँले अहिले दाङ हुन्छ भन्न सकिदैन । म दाङ प्रति सकारात्मक नै छु ।

त्यस अवसरमा संघिय समाजवाद फोरम नेपाल केन्द्रिय सचिव धिरेन्द्र श्रेष्ठले पार्टी प्रवेश गरेका गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एंव नेकपा एमाले अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी शर्मा वंलीको प्रमुख आतिथ्यताका सम्पन्न भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वंलीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्