ऐरावती क्याम्पसमा कोरोना सचेतना र विदाई कार्यक्रम



ओमप्रकाश गुप्ता , सिसहनियाँ । दाङ देउखुरीको ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम सँगै विदाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थी कल्याणकारी समितिको आयोजनामा विश्व व्यापी रुपमा फैलिरहेको कोरोनाबाट बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई सचेत गराउँदै विएड र विविएस प्रथम,दोस्रो,तेस्रो वर्षका विद्यार्थीहरुले विविएस र विएड चौथो वर्षका विद्यार्थीहरुलाई फुलमाला र टिका लगाएर विदाई गरेका छन् ।

विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता एवम् क्याम्पस प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली,व्यवस्थापन संकाय प्रमुख रामकृष्ण पौडेल,प्रध्यापक भेषबहादुर बुढाथोकी,विद्यार्थी खिमबहादुर वली,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विविएस तेस्रो वर्षका विद्यार्थी शिशिर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी सुशिला आचार्यले गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्