१६ दिने महिला हिंसा विरुद्धको दिवस



सैघाली खबर
दाङ, ७ मंसिर । ‘लोकतान्त्रिक गणत्राणात्मक नेपालको मुल आधार, महिलाको हिंसा मुक्त बाँच्न पाउने अधिकार ’ भन्ने मुलनाराका साथ यस वर्ष पनि यही १६ दिवसीय महिला हिंंसा विरुद्धको १६ दिने २६ आंै अभियान मनाईदै छ । यही मंसिर १० गते आईतवार देखी जिल्लाव्यापी रुपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको छ ।

हिंसामा प्रभावित महिलाहरु सामाजिक न्याय, स्वास्थ्य, न्यायलय र सेवाप्रदायक तहमा महिलाहरुको पहुच अभिवृद्धि गर्ने उद्देश्यले अभियान सुरु गरिने लागिएको महिला पुनःस्थापना केन्द्र ओरेक नेपालले जनाएको छ । बिहिवार घोराहीमा पत्रकार सम्मेलन गरी दिवस अभियान पहिलो दिन मंसिर १० गते आईतवार महिला हिंसा र कानुनी प्रावधान विषेयक २ दिने गोष्ठी तुलसीपुरको पड्ढामा गरिने, ११ गते तुलसीपुर उपमहानगरपालिका महिला हिंसा र न्यायिक प्रक्रियामा महिलाहरुको पँहुच वारे अन्र्तक्रिया, १२ गते दिगो विकास कार्यन्वयन सम्वन्धी तुलसीपुर १० मा अन्र्तक्रिया , १३ गते घोराहीमा महिला मानव अधिकार रक्षक संञ्जाल र ओरेक नेपालको संयुक्त आयोजनामा दिगो विकास लक्ष्य प्राप्तीका लागि लैंगिक समानता र महिला शशक्तीकरण सम्वन्धी खुल्ला छलफल , १४ गते घोराहीको हर्नकमा यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धीत स्वास्थ्य शिविर, १५ गते तुलसीपुरको पड्ढामा हिंसा र स्वास्थ्य सम्वन्धी दुई दिने गोष्ठी महिला मानव अधिकार रक्षक संञ्जाल र ओरेक नेपालको संयुक्त आयोजनामा रहेको छ ।

त्यस्तै १७ गते तुलसीपुरमा अपाङगता भएका व्यक्तिहरुको समस्या र चुनौती अपाङ समाज सुधार केन्द्रको आयोजना अन्र्तक्रिया  , १८ गते तुलसीपुरको मानपुरमा हिंसा प्रभावित महिला र वालवालिकाहरुको अवस्था र हिंसा न्युनिकरणका उपाय वारे अन्र्तक्रिया , १९ गते शान्तीनगर गाउँपालिकामा हिंसा प्रभावित महिला र वालवालिकाहरुको अवस्था र हिंसा न्युनिकरणका उपाय वारे अन्र्तक्रिया , २० गते घोराहीमा शहिद महिलाहरुको सम्झनामा दिप प्रज्वलन , २२ गते तुलसीपुरको पड्ढा र दंगीशरण गाउँपालिका चखौरामा जेष्ठ नागरिकहरुको अवस्था र सामाजिक सुरक्षा विषेयक अन्र्तक्रिया , २३ गते तुलसीपुरको रक्षाचौरमा किशोरकिशोरीहरु महिला हिंसा र यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी १ दिने मेला र अन्तिम दिन मंसिर २४ गते मानव अधिकार दिको अवसरमा ¥याली तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी दिवसको समापन गरिने ओरेक नेपालकी अध्यक्ष तुलसा गिरीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले उपस्थितीका लागि समेत सवैमा आग्रह गर्नुभयो । त्यस्तै उक्त पत्रकार सम्मेलनमा महिला मानव अधिकार रक्षक संञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्यले हिंसा प्रभावितहरुका लागि सामाजिक न्याय अझै मौलाउन नसकेको बताउनुभयो थियो । हिंसामा परेकाहरु लाई समुदाय हेर्ने दृष्ट्रिकोण अझै फेरिन नसक्दा हिंसा पिडित वा अन्यायका परेकाहरु अझै पिडित बन्ने गरेको टिप्पणी गर्नुभएको थिया । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले शुभकामना व्यक्त गर्नुभएको थियो ।भने कार्यक्रमको सहजीकरण पदमा चौधरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्