ज्येष्ठ नागरिकलाई न्यानो कपडा र स्वास्थ्य जाँच




दाङ । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर १२ ले वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा, पौष्टिक आहार वितरणका साथै स्वास्थ्य परिक्षण समेत गरेको छ । वडाध्यक्ष सुर्यवहादुर डाँगीले ७५ वर्ष पुरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै गएर यस्तो सेवा दिएका हुन् ।

ज्येष्ठ नागरिकहरु राष्ट्रका सम्पत्ती भएको भन्दै उनीहरुलाई सम्मान गरिएको वडाध्यक्ष डाँगीले जानकारी दिए । उनले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर वडामा मास्क वितरण गरिएको समेत वताए । “सबै ज्येष्ठ नागरिकका साथै वडावासीमा समेत थर्मन गनबाट ज्वरो चेकचाज गरिएको छ ” वडाध्यक्ष डाँगीले भने ।

उनले वडाको ज्येष्ठ नागरिक लक्षित वजेटबाट यस्तो कार्यक्रम सञ्चालन गरिएको पनि वताए । अभियानका क्रममा जनप्रतिनिधि र स्वास्थ्यकर्मीको समेत सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्