बालविकासमा हस्तकला लेखन



गोविन्द खड्का
दाङ, ७ मंसिर । ‘लेखाई राम्रो भए पढ्न मन लाग्छ । देखाउन रहर लाग्छ । जीवन राम्रो हुन्छ ।’ अक्षर लेखनका प्रशिक्षक वामदेव योगी वालविकास मावि घोराहीका विद्यार्थीहरुलाई प्रशिक्षित गर्दै भन्दै हुनुहुन्थ्यो, ‘अक्षर नराम्रा भए लेख्न मन लाग्दैन । देखाउन लाज लाग्छ । डिप्रेसन हुदै जिवन बिग्रीन्छ ।’

यो कुरा सुन्दैगरेका कक्षा नौ र दशमा अध्ययनरत हलभरीका छात्रछात्राहरु निकै हर्षित देखिन्थे । कतिपय बेला खितिक्क हासेपनि सबैका अनुहार उत्साहित थिए । निकै रोमान्चीत अनुहारमा ध्यान केन्द्रित गरेका विद्यार्थीलाई एक दिनमै ६० देखि ९० प्रतिशत अक्षर सुधार गराउन सकिने प्रशिक्षक योगीले सुनाउनु भयो । ‘त्यसलाई थप विकास गर्न विद्यार्थीको निरन्तर अभ्यास चाहिन्छ’ प्रशिक्षक योगीले भन्नुभयो, ‘एक दिनको प्रशिक्षणले तरीका मात्रै सिकाउने हो ।’

कक्षा दशमा पुगेपछि पनि के को अक्षर लेख्न सिक्नु ? सबैलाई प्रश्न जाग्छ । त्यसलाई असत्य सावित गर्न प्रशिक्षक योगीले लेखाइ सुधार हुन्न भन्ने मानसिकता सबै भन्दा गलत रहेको बताउनुभयो । उहाले बिद्यार्थी, शिक्षक एव बुढापाकाले पनि अक्षर सुधार गर्न सकने दावि गर्नुभयो । ‘दिमाग नियन्धण गरी केन्द्रिकृत गर्ने, म सक्छु भन्ने आ“ट पैदा गर्न सक्ने हो भने समस्या छैन’ प्रशिक्षक योगिले भन्नुभयो, ‘सरकारी र निजी विद्यालय भन्ने होईन सबैको दिमाग उस्तै हो भन्ने, बुद्धि बराबरै हुन्छ, खाली म बन्छु बन्नुपर्छ भन्ने सोच्नुपर्छ ।’ उहाले यति बोलि सक्दा विद्यार्थी पुरै ध्यान केन्द्रित भइसकेको थियो । हातमा कापी कलम समातेर तयार भए ।

त्यसरी विद्यार्थीलाई उत्साहीत बनाउने भुमिका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको पनि उत्तीकै थियो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिशिअ मैनालीले केहि दिन पछि प्रशिक्षण अघि र पछिका अक्षार जा“च गर्न विद्यालय पुग्ने वाचा गर्नुभएको छ । उहाले पहिलाका अक्षर र अब लेखिने अक्षर मलाई देखाउन राख्नुहोला भनेर काम दिनुभएको छ । जिशिअले नै त्यसरी जिम्मेवारी दिएपछि विद्यार्थीहरु थप हर्षित भए । अभ्यासले पारंगत बनाउनेकला बाट भाग्न नमिल्ने गरी बा“धिए । ‘केहि विद्यार्थीहरु वालविकासमा पढ्न ईन्टान्समा मेरो नाम निश्किएको छ विद्यालयलाई सर्टिफिकेट दिने भनिदिनुस सर भन्न म कहा पुग्छन’ जिशिअ मैनालीले भन्नुभयो, ‘यहाको नेतृत्व राजेन्द्रप्रसाद श्रेष्ठ हेडसर र उदाहरणीयन विद्यालय देखि अत्यन्तै खुशि छु ।’ यसरी प्रशंसा गरीरहदा प्रअ श्रेष्ठ भने विद्यार्थीसंग बेन्चमा बस्नुभएको थियो । पोषकले बाहेक अरु बसाई अतिथिको नभई विद्यार्थीकै थियो ।

हरके विद्यार्थीले कक्षा उत्तीर्ण गर्ने लक्ष्य राखेको हुन्छ । त्यसका लागि हरेक पर्यत्न गर्छ । अतिथिको रुपमा पुग्नुभएका रझेना श्रोतकेन्द्रका श्रोत व्यक्ति रामप्रसाद जैसीले परिक्षकले लिपि हेरेर आकलन गरीसक्ने सुनाउनुभयो । उहाले भन्नुभयो, ‘देख्दा आकर्षक अक्षर भएको कापिमा जा“चकको आखा पर्छ’ श्रोतव्यक्ति जैसीले थप्नुभयो, ‘केरमेट गरेको र नराम्रो छ भने जागर गर्दैन ।’ उहाका अनुसार अक्षर राम्रा नदेखिएकैले केहि विद्यार्थीलाई घाटा लाग्ने देखिन्छ । उनिहरु फेल हुनुपर्छ । कतिपय विद्यालय अक्षर बाटै चिनिन थालेको भन्दै जैसीले उदाहरणीय बन्न आग्रह गर्नुभयो । सबै विद्यार्थीलाई पुग्ने गरी तालिमको व्यवस्था गर्न शिक्षक अभिवावक संघका अध्यक्ष त्रिभुवन थापाको सुझाव थियो । कार्यक्रमका अध्यक्ष थापाले प्रशिक्षकलाई हरेक विद्यालयमा माग हुने र दाङमा धेरै समय विताउने वातावरण बनाईदिन आग्रह गर्नुभयो । विद्यालयले प्रशिक्षण कार्यक्रम चलाउनुका उद्देश्यका वारेमा प्रधानाधयापक राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी गराउनुभएको थियो । सहजीकरण विद्यालयका मावि सामाजिक शिक्षक यादव आचार्य सन्तोषले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्