बाबु–आमाको सम्झनामा कपडा वितरण



सैघाली खबर
दाङ, ७ मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले बाबु– आमाको सम्झनामा बिहिवार राप्ती उपक्षेत्रिय अस्पताललाई कपडा सहयोग गर्नुभएको छ । बाबु भुपेन्द्रश्वर श्रेष्ठ र आमा विष्णुदेवी श्रेष्ठको सम्झनामा छोरा तोरणध्वज श्रेष्ठ र बुहारी चम्पादेवी श्रेष्ठले कपडा वितरण गर्नुभएको छ ।

स्वर्गिय बाबु– आमाले राप्ती उपक्षेत्रिय अस्पतालमा निर्माण गरेको ईमरजेन्सी वार्डमा साईबाबाको जन्मोत्सवको अवसरमा श्रेष्ठ परिवारले ५ थान बल्याङकेट, ५ थान तन्ना, र २ थान पंखा हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग सामाग्री बुझीलिदै राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन डा. जर्नादन पन्थीले श्रेष्ठ परिवारले निजि स्रोतमा अस्पतालको विकास र संरक्षणमा निकै सहयोग गरेमा धन्यावाद दिनुभएको थियो । भने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्