बन्दको कहर



गिरिराज नेपाली
दाङ, ७ मंसिर । घोराही उपमहानरपालिका– सिस्नेरी १२ की धर्म कुमारी पुन लाई बुधवार घरबाट हिडेको झण्डै ३ घण्टा पछि अस्पताल पु¥यायौ । कतै बोक्दै , कतै हिडाउदै र कतै बिसाउदै सासु–बुहारी ३ घण्टा पछि अस्पताल पुग्नुभयो । अस्पताल पुगेकी पुनले विरामी र हिडाईको पिडा सुनाउद भन्नुभयो– ‘ यो बन्द मलाई दुःख दिन भा रैछ । ’ पैसा भएको भए दुख कहाँ पाईन्थ्यो र? गाडी पनि नचल्नु ,बन्द पनि हुन , आफु संग पैसा पनि रित्तनु एकैसाथ भो , बडो दुख पाईयो ।

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ ले बुधवार गरेको दाङ बन्दका कारण जिल्लाको जनजीवन दिनभर निकै कष्ठकर बनेको थियो । बन्दका कारण शैक्षिक संस्था , कलकारखान– उद्योगधन्दा, व्यापार व्यावसाय यातायात सेवा मात्रै ठप्प रहेनन् विद्यार्थी ,मजदुर , सुत्केरी महिला, विरामीहरुले पनि निकै सकस खेप्नु प¥यौ । विरामीहरु अस्पतालमा अलपत्र परेका छन , भने यात्रुहरु पनि विच वाटैमा अलपत्र परेको छन ।

माग पुरा गर्ने सुत्रपातका रुपमा बन्दको संस्कार मौलाउदै जाँदा सर्वसाधरणहरुले अनावश्यक दुःख–झन्झट, खर्च र अलपत्र पर्नुपरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंं. १० क्षेत्र वहादुर वस्नेतले भन्नुभयो ‘ बन्द जनता मार भो । ’ विरामी भएकी श्रीमती अस्पताल सम्ममा पु¥याउन दुःख भयो । धौ–धौ गाउँभरी एम्वुलेन्सको नम्बर खोजेर बुढी अस्पताल ल्याउनु प¥यौ । बन्दका कारण अनावश्यक खर्च दिएको उहाँले बताउनुभयो ।

७० रुपैयाँले हुने काम २३ सय रुपैयाँ लाग्यो । बन्दका कारण आफु महंगीमा परेको उहाँले बताउनुभयो । ‘ भाडाँ तिरेर बचेको पैसाले औषधी गरेर फर्किदै छौ । ’ उहाँले भन्नुभयो– ‘ फर्किने तँ हो, केले पो फर्किने हो । ’ गाडी चल्दैन, एम्वुलेन्स लगेर जाने पैसा छैन । कतै आफन्तकामा बसौ भन्ने पनि आफन्त पनि छैनन् । बन्दले निकै अप्ठेरो पा¥यौ भन्दै उहाँले दुखेसो पोख्नुभयो । हुनेहरु लाई सधै खुल्ला हुने भयो । हामी नहुनेलाई जे भए पनि सधै दुःख सास्ती मात्रै हुने भयो । अब घरमा पो ! के गरी जाने हो अलमलमा परेका छौ ? 

बन्दका कारण विरामी मात्रै होईन । मजदुरी गरेर पेट पालेकाहरुका लागि बन्द पिडा नै बन्ने गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १० अमराहिकी शान्ता चौधरीले भन्नुहुन्छ– ‘ बन्दले मजदुरी पनि बन्द गरिदियो । ’ ठेकेदारले माल छैन भन्दै घर फर्काईदिनु भयो । अब घर जाने तयारीमा छु । दिनभरी काम गरे ५ सय रुपैयाँ पाउथे । त्यसले घरखर्च चल्थ्यो । आजको बन्दले त्यो पनि बन्द गरिदियो भन्दै चौधरीले भन्नुभयो– ‘ गरीखानेहरु लाई गरी खान पाउनुपर्ने हो । ’ विहान– बेलुकाको दुई छाक मजदुरी गरेर टार्नेहरुको मजदुरी नै बन्द गर्ने गरी हुने बन्दले आफ्ना मजदुरीहरु माथि आहात पु¥याउने गरेको छ । उहाँले भन्नुभयो– ‘ विहान खर्च थियो, साँझ काम वाट फर्कदा लैजाने सोच थियो । अब केले लैजाने होला र ? ’ गाउँमै पैचोले चलाउनु पर्ला । मजदुरहरु चुलो बन्द गरी हुने बन्दले आफुहरुलाई न्याय नभई अन्याय वढि दिएको चौधरीको भनाई छ ।

बन्दका कारण विद्यालयहरु पनि बन्द हुदा विद्यार्थीहरु पढ्न वाट समेत वञ्चित भएका छन । बन्दका कारण विद्यालयहरु बन्द हुदा अभिभावकहरुले मंहगो शुल्क मात्रै तिर्नुपर्ने वाध्यता रहेका अभिभावक र विद्यार्थीहरुको गुनासो छ । अन्य सवै क्षेत्र बन्द रहे पनि शैक्षिक संस्थाहरु खुल्ने परिपार्टीको विकास भए वालवालिकाहरुको पढ्न पाउने अधिकार वाट वञ्चित हुनुनपर्ने, विद्यालय बन्द हुदा अभिभावकहरुलाई समस्या नपर्ने घोराही १५ की टिका रावतले बताउनुभयो । 

विद्यालय बन्द हुदा वालवालिकाहरु अनावश्यक घुम्ने, टिभी झुम्मिने, साना बच्चाहरु हेर्न धौ हुने जस्ता स–साना समस्याहरु प्रत्यक्ष रुपमा बल्झीएको उहाँले बताउनुभयो । बन्दका कारण दाङ भित्रिएका सयौ यात्रुहरु विच–विचमै अलपत्र परेका छन । राजनितिक नाममा बन्द संस्कार मौलाउदै जाँदा सर्वसाधरण नागरिकहरुले औषधी उपचार, खानपान , पढ्न पाउने अधिकार समेत खोसिएको छ । बन्द संस्कार लाई सदाका लागि बन्द नगरे सम्म नागरिकहरु सदैव दुख व्याहोरी रहनु पर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्