गुम्वामै बलत्कार



सैघाली खबर
काठमाण्डौ, ७ मंसिर । धार्मिक आवरणमा महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राजधानीबाट एक बौद्ध धर्मगुरुलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  सीआईवीले दक्षिणकालीमा रहेको टासी छुल्ठिम घोम्बो कासुङ गुम्बाका रिम्पोछे छुल्ठिम दोर्जे योन्तान ९योन्जन० टुल्कु लामालाई पक्राउ गरेको हो ।

बिरामी भएका महिलालाई दैवी शक्तिबाट उपचार गरी निको पार्ने भन्दै उनले यौन शोषण गर्ने गरेको रहस्य खुलेपछि प्रहरीले पक्राउ गरेको हो । धर्मगुरुबारे थप अनुसन्धान भइरहेको सीआईवीका प्रमुख डीआईजी पुष्कर कार्कीले बताए ।

उनका अनुसार रिम्पोछेले आफ्नो अनुमति बिना विवाह गरे वा आफूबाहेक अन्य पुरुषसँग शारीरिक सम्पर्क राखे अनिष्ट हुने भन्दै युवतीहरुलाई धम्क्याउँदै आएका थिए ।

“केस अत्यन्तै संवेदनशील छ, दुई जना पीडित सम्पर्कमा आएका छन् । पीडित अरुपनि रहेको हुन सक्ने हाम्रो आशंका छ,” डीआईजी कार्कीले भने, “अनुसन्धानकै क्रममा काएकाले धेरै कुरा खुलेको छैन, तर लामाको गतिविधि निकै संकास्पद छ । अनुसन्धान जारी छ ।”

सिन्धुली दुम्जाका धर्मगुरुले आफू अवतारी लामा भएको र जस्तोसुकै रोग पनि निको पार्ने भन्दै महिलालाई एकान्त कोठामा लगेर जबर्जस्ती गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामाले कोठाभित्र भएको कुरा अन्य कसैलाई सुनाए रोग निको नहुने र मृत्यु हुने भन्दै त्राससमेत फैलाएर पीडितहरुलाई मुख खोल्न नदिने गरेको अनुसन्धानबाट खुलेको डीआईजी कार्कीले बताए ।

लामाले सामाजिक सञ्जालमा महिलाको नग्न तस्बिरसमेत पोस्ट गर्ने गरेको देखिएको छ ।

दश वर्षदेखि गुम्बा सञ्चालन गरी बसेका लामाले धेरै महिलालाई बलात्कार गरेको हुन सक्ने प्रहरी अनुमान छ । आफूले बोलेको पुग्ने भन्दै लामाले आफ्नो विरुद्धमा बोल्ने मान्छे आफैं मर्ने भन्दै तर्साउँदै आएका कारण घटना लामो समयसम्म लुकेको र एक पीडितले अर्कालाई खुलेर बताउने नगरेको प्रहरीले बताएको छ ।

“धार्मिक आवरणमा लामाले गरेका कर्तुतका बारेमा पीडितहरु बिस्तारै आउने क्रममा छन्, हामी अनुसन्धान गर्दैछौं । लामो समयको निगरानीपछि लामालाई नियन्त्रणमा लिएका हौं । काठमाडौं जिल्ला अदालतबाट जबर्जस्ती करणी र साइबर क्राइमको मुद्दा चलाएर अनुसन्धान थालेका छौं,” डीआईजी कार्कीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्