अध्यक्ष प्रचण्ड आज देखि चुनावी अभियानमा सहभागी हुने

By थाहा अनलाइन

November 24, 2017

सैघाली खबर काठमाडौं,८ मंसिर

पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड शुक्रबार देखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेको जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिए । प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

तिमिल्सेनाका अनुसार, शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी अभियानका क्रममा प्रचण्डकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ ।