कोरोनाको जोखिमबिरुद्ध प्रहरीले काठमाडौँमा सुरु गर्यो सावुन पानी अभियान



काठमाडौँ । चीनको वुहानबाट सुरु भई नेपाल प्रहरीले काठमाडौँमा सावुन पानी अभियान सुरु गरेको छ । यसको सुरुवात आइतबार विहानैदेखि भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १६ स्थानमा सरसफाइका लागि पानी तथा साबुनको व्यवस्था गरिएको हो ।

मानिसको जमघट बढी हुने काठमाडौँका तीन स्थान तथा अस्पतालहरुमा पानीको ट्यांकी तथा साबुनको व्यवस्था गरिएको हो । महानगरीय प्रहरी कार्यालयले गौशाला, बानेश्वर र जमलका सार्वजनिक स्थलमै सावुन पानीको व्यवस्था गरेको छ भने १३ अस्पतालहरुमा पानी ट्यांकी र साबुनको व्यवस्थापन गरीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्