आज फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज हजार रुपैयाँले बढेर ७६ हजार ५ सयमा पुगेको हो।

त्यसैगरी, तेजाबि सुनको मूल्य ७६ हजार २ सय रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ७ सय २० रुपैयाँमा कायम छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्