मुख्य समाचार

५ हजार १ सय ८४ उम्मेदवार मैदानमा

By थाहा अनलाइन

November 24, 2017

सैघाली खबर काठमाडौं,८ मंसिर

आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा उत्रिएका छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ सय ११ जनप्रतिनिधि चुनिनेछन् । दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुनिनेछन् ।

प्रत्यक्ष निर्वाचनअन्गर्त प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ २ हजार २ सय ७३ र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ गरी ५ हजार ८ सय ३८ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।