कोरोनाबाट नआत्तिनुस्, विज्ञ भन्छन् – ८५ प्रतिशत संक्रमितलाई सिटामोल खाएरै निको हुन्छ



काठमाडौंचैत । विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको त्रास बढ्दै गइरहेको छ ।विज्ञहरूले कोरोना भएको पहिचान गर्नका लागि विभिन्न आधारहरू बताउँदै आएका छन् । कोरोना परीक्षण गर्नुपर्ने अवस्था वा कोरोनाको लक्षणबारे जनस्वास्थ्य विज्ञ डा। रविन्द्र पाण्डेले दिएका सुझाव हेर्नुहोस् स्

कस्तो अवस्थामा कोरोनाको परीक्षण गर्ने ?
– अचानक १०२ डिग्रीभन्दा धेरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– सास फेर्न निकै गाह्रो भएकोमा
– छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?
– रुघा लागेमा
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
– मन्द ज्वरो आएमा
– सामान्य खोकी लागेमा
– हाच्छ्युं आइरहेमा
– हल्का शरीर दुखेमा
यस्तै डा। पाण्डेले कोरोनालाई लिएर नआत्तिन सबैलाई आग्रह गरेका छन् । कोरोना कमजोर भाइरस भएको भन्दै उनले घरमै सामान्य उपचारले पनि ८५ प्रतिशत संक्रमितलाई ठिक हुने बताएका छन् । उनले कोरोनाको बारेमा केही तथ्यहरू प्रस्तुत गरेका छन्, ति हुन्ः

– आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ ।

– बाँकी १० प्रतिशतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २र३ प्रतिशतको मात्र मृत्यु हुन्छ । यो २र३ प्रतिशत मृत्यु हुने धेरै रोगहरू छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्