चीनका लागि प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी परेन, संसदीय सुनुवाइ आज



काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेमाथिको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो ।

संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो । पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ समिति सचिवायलयमा कुनै पनि उजुरी परेको छैन । समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको थियो ।

संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीका अनुसार सोमबार दुई वटा बैठक बोलाएको जानकारी दिएका छन् । पहिलो बैठकमा उजुरीबारे छलफल हुनेछ । पाण्डेविरुद्ध उजुरी नपरेकाले प्रक्रिया पूरा गरेर लगत्तै दोस्रो बैठक आह्वान गरिएको छ ।

पाण्डेलाई सोमबारकै बैठकबाट अनुमोदित गर्ने संसदीय सुनुवाइ समितिको तयारी छ । संसदीय समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नेछिन् । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्