टिपर सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु



सैघाली खबर,
दाङ ८ मसिंर।

दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो ।

अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्