देउखुरीमा ९ बेडकाे आईसाेलेशन तयारी हुँदै




पवन पाेख्रेल
प्रदेश ५ सरकारकाे निर्देशन बमोजिम देउखुरीका सरकारी र निजि अस्पतालमा गरि नाै वटा आईसाेलेसन बेड तयारी अवस्थामा राख्न निर्देशन दिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जस अनुसार लमही अस्पतालमा ३, फ्लाेरेन्स हस्पिटल लमहीमा ३, र सिसहनिया अस्पतालमा ३ आईसाेलेसन बेडकाे तयारी थालिने भएको छ । याे सङै दाङ जिल्ला भरमा निजि र सरकारी गरि १३ अस्पतालमा अाईसाेलेसन ६१ वटा बेड तयारी हुदै छन् ।

प्रदेश स्तरीय आइसोलेसन अस्पताल बेलझुन्डी स्थित मेडिकल कलेजलाई ताेकेकाे छ ।राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा १० बेडकाे अाईसाेलेशन बेड बन्ने भएकाे छ ।

के हो आइसोलेसन ?

यदि कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको छ भने उसलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ।

यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ। आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्